News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सिंहदरबारस्थित समितिमा सुरु भएको छ ।
- शर्माले राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र सरकारलाई व्यावहारिक लाभ दिलाउने तथा दुई सरकारबीचको विश्वास मजबुत गर्ने प्रतिबद्धता प्रस्तुत गरेका छन् ।
- उनले रसुवागढी, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं चक्रपथ र केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइनमा विशेष ध्यान दिने बताएका छन् ।
- उनले व्यापार तथा निर्यात प्रवर्द्धनमा ‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ रणनीति अपनाउने र सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन सुधार गर्ने उल्लेख गरेका छन् ।
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले आफ्ना प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु भएको छ । सुनुवाइ सुरु हुनुअघि उनले आफ्ना प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।
उनले राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र सरकारलाई व्यावहारिक लाभ दिलाउनु आफ्नो उद्देश्य रहेको बताएका छन् ।
साथै, दुई सरकारबीच विश्वास कायम राख्दै नेपालको हित निष्ठापूर्वक प्रस्तुत गर्ने उनले प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी राज्य परिषद्, राष्ट्रिय जनकांग्रेस प्रान्तीय सरकार, विश्वविद्यालय र थिंक ट्यांकसँग नियमित सम्पर्क गर्ने पनि उनले आफ्नो प्रतिबद्धतामा राखेका छन् ।
सम्मानित र सबल नेपाली नियोग निर्माण गर्ने, निरन्तर पहुँच र फलोअपमार्फत गलत बुझाइ हटाउने, स्पष्ट कार्यादेश भएका नेपाली संस्थाहरूलाई प्राथमिकता दिने लगायतका विषय उनले उल्लेख गरेका छन् ।
दुई सरकारबीच विश्वास कायम राख्दै नेपालको हित निष्ठापूर्वक प्रस्तुत गर्ने उनले बताएका छन् ।
प्राथमिकतामा रहेका परियोजनाहरू (रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं चक्रपथ, केरुङ– रसुवागढी–चिलिमे प्रसारण लाइन, किमाथाङ्का सडक आदि) मा विशेष ध्यान दिने पनि उनले उल्लेख गरेका छन् ।
प्रशोधित राँगाको मासु, अमिलो फलफूल, घाँस /साइलेज, औद्योगिक पार्क. विशेष आर्थिक क्षेत्र आदिमा प्रगति अनुगमन गर्ने पनि उनले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
उच्चस्तरीय भ्रमणलाई उद्देश्यमूलक बनाई प्रत्येक भ्रमणपछि व्यवस्थित फलोअप सुनिश्चित गर्ने पनि बताएका छन् ।
व्यापार तथा निर्यात प्रवर्द्धन शीर्षकमा उनले ‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ रणनीति अपनाउने बताएका छन् ।
कनेक्टिभिटी, पारवहन र सीमा सहयोग, १४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार, नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत चार समुद्री बन्दरगाह र तीन आन्तरिक सुख्खा बन्दरगाहको अधिकतम उपयोग, केरुङ रेल कनेक्टिभिटी विस्तारको सम्भावना नजिकबाट अनुगमन, ल्हासा, सीमावर्ती समुदाय र पारवहन सहयोग आदी विषय उनले उल्लेख गरेका छन् ।
यस्ता छन् प्रस्तावित राजदूत शर्माका प्रतिबद्धताहरू–



प्रतिक्रिया 4