+
+
Shares

सनिशाको यो रूप : कस्ती देखिइन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री सनिशा भट्टराई अभिनीत फिल्म ‘छ माया छपक्कै–२’ असोज ३१ गते फूलपातीदेखि हलमा लाग्दै छ ।
  • दीपक–दीपाको ‘छ माया छपक्कै’मा यसपालि केकी अधिकारीसँगै सनिशा भट्टराई पनि देखिँदै छिन् ।
  • सनिशा भट्टराईको डेब्यु फिल्म ‘१२ गाउँ’को दोस्रो भाग ‘१२ गाउँ–२’ पनि दसैँअघि प्रदर्शनमा आउँदै छ ।

अभिनेत्री सनिशा भट्टराई सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी अक्सर फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन् । त्यसो त यतिबेला उनलाई सक्रिय हुनुपर्ने अवस्था पनि छ । किनभने, उनी अभिनीत फिल्म ‘छ माया छपक्कै–२’ प्रदर्शनको तयारीमा छ । असोज ३१ गते शनिबार अर्थात् फूलपातीको दिनदेखि यो फिल्म हलमा लाग्दै छ । दीपक–दीपाको ‘छ माया छपक्कै’मा यसपालि केकी अधिकारीसँगै सनिशा भट्टराई पनि देखिँदै छिन् ।

रमाइलो कुरा भनिहालौँ, यसपालि उनको फिल्म त्यही फिल्मसँग जुध्दै छ, जसको पहिलो भागबाट उनले डेब्यु गरेकी थिइन् । विराज–समीर भट्टको फिल्म ‘१२ गाउँ’बाट उनले नेपाली सिनेमामा पाइला राखेकी हुन् । ‘१२ गाउँ–२’ दसैँको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदै छ, अनि ‘छ माया छपक्कै–२’ पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?