+
+
Shares

सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरेको हो।
  • सापकोटालाई तीन दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

२७ असोज, बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।

सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको छ ।

सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सूचना विष्ट जानकारी दिनुभयो । उहाँका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?