+
+
Shares

पर्सामा एक महिना १११ अपराधका घटना दर्ता

रासस रासस
२०८३ कात्तिक ५ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सामा पछिल्लो महिनामा एक सय ११ अपराधका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • प्रहरीले चालु मुद्दाका १२० प्रतिवादी पक्राउ गरी लागुऔषधसम्बन्धी १६ मुद्दामा २४ जनालाई समातेर ३८ किलो ५०८ ग्राम गाँजा बरामद गरेको छ ।
  • जिल्लाभरि ४० सवारी दुर्घटनामा दुई जनाको मृत्यु र ३१ जना घाइते भएका छन्, भने ट्राफिक कारबाहीबाट रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

५ कात्तिक, वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ ।

तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित रु ७५ लाख ४४ हजार ४९ मूल्यका सामान बरामद गरेको छ ।

यस्तै अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा रु तीन लाख ११ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, गत महिनाको विवरणअनुसार जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक मल्लले ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको पनि बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?