+
+
Shares

राहत र पुन: निर्माणमा एप्पलले नेपाललाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले नेपालमा आएको बाढीपछिको राहत र पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।
  • कम्पनीका प्रमुख टिम कुकले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै नेपाल र तिब्बतको बाढी र पहिरोबाट प्रभावितप्रति सहानुभूति प्रकट गरे ।
  • एप्पलले सहयोगको रकम भने खुलाएको छैन ।

१२ भदौ, काठमाडौं । नेपालमा आएको बाढीपछिको राहत र पुन: निर्माणमा एप्पलले सहयोग गर्ने भएको छ । कम्पनीका प्रमुख टिम कुकले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् ।

त्यस्तै उनले यो विपदबारे दु:ख पनि व्यक्त गरेका छन् । नेपाल र तिब्बतमा आएको बाढी र पहिरोबाट प्रभावित सबैप्रति उनले कम्पनीका तर्फतबाट सहानुभूति समेट प्रकट गरेका छन् ।

विश्वमा भएका ठूला विपदहरूमा कम्पनीले विगतमा सहयोग गर्दै आइरहेको छ ।

यसअघि पनि युरोपको डढेलो र भेनेजुएलाको भूकम्पका बेला सहयोग गरेको थियो । यद्यपि कम्पनीले केकति सहयोग गर्छ भन्ने उनले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?