+
+
Shares

एप्पलले हटायो सिरि र भिजन प्रो टिमबाट सयौं कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले सिरि, भिजन प्रो र इन्टेलिजेन्ट सिस्टम्स एक्सपिरियन्स टिमबाट दुई सयभन्दा बढी कर्मचारीहरूको पद कटौती गरेको ब्लुमबर्गले जनाएको छ।
  • कम्पनीले नयाँ एआई प्रयास र नयाँ यन्त्रमा ध्यान केन्द्रित गर्न संरचनात्मक परिवर्तन गरेको बताएको छ।
  • टेकक्रन्चका अनुसार एआई विकास र उत्पादन लागत बढेपछि एप्पल कठिन अवस्थाबाट गुज्रिरहेको छ, साथै उसले म्याक र आइप्याडको मूल्य बढाएको छ।

एप्पलले सिरि र भिजन प्रो टिमबाट सयौं कर्मचारीहरूको पद कटौती गरेको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार कम्पनीले भीआर हेडसेट भिजन प्रो र सिरि तथा इन्टेलिजेन्ट सिस्टम्स एक्सपिरियन्स टिमबाट कुल दुई सयभन्दा बढी कर्मचारीहरूलाई हटाएको छ ।

एप्पलले आफ्ना नयाँ एआई प्रयासहरू र नयाँ यन्त्रहरूमा ध्यान केन्द्रित गर्नको लागि यो संरचनात्मक परिवर्तन गरेको जनाएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको विकास र उत्पादन लागत बढेका कारण पछिल्लो समय एप्पल केही कठिन अवस्थाबाट गुज्रिरहेको टेकक्रन्चले उल्लेख गरेको छ ।

यसैबीच कम्पनीले म्याक र आइप्याडको मूल्यमा पनि वृद्धि गरेको छ र आफ्ना उत्पादनहरूको बिक्री सहज बनाउन नयाँ भाडामा दिने योजना समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?