+
+
Shares

काठमाडौंको बसुन्धरामा अचेत भेटिएका पुरुषको मृत्यु, रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ९:१३

२१ साउन, काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो साँझ अचेत फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

गोर्खा घर भई हाल काठमाडौंको टोखा बस्ने ४२ वर्षीय धनराज थापाको त्रिविस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो साँझ पौने ६ बजे सडकमा अचेत अवस्थामा फेला परेका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

सडक डिभाइडरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?