News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षातको समयमा ओसिलोपनका कारण छिट्टै बिग्रिने धनियाँलाई र हरियो खुर्सानीलाई तरिका मिलाएर लामो समय ताजा राख्न सकिन्छ।
वर्षातको समयमा जताततै पानी हुन्छ । हावामा पनि आर्द्रता हुन्छ, त्यसैले बजारबाट भान्साका लागि ल्याएका तरकारहरू छिट्टै बिगिन्छन् । धनियाँ र हरियो खुर्सानी हाम्रो भान्साका प्रमुखमध्येका वस्तु हुन् भन्दा फरक नपर्ला । यी दुवै कुरा छिट्टै बिग्रिन्छन्, ओइलाउछन् । तर केही तरिकाहरू अपनाएर घर ल्याइएका धनियाँ र खुर्सानीलाई लामो समय ताजा नै राख्न सकिन्छ ।
धनियाँलाई लामो समयसम्म ताजा राख्न, तपाईं धनियाँको जरालाई पानीमा भिजाउन भिजाएर राख्न सकिन्छ । हामीसँग भएको धनियाँको मात्रा अनुसार बाटा, जग वा कुनै भाँडो छनोट गर्नुपर्छ । त्यसमा धनियाँ राखेर त्यसको फेद पानीमा डुबाएर राखेमा लामो समयसम्म ताजा नै राख्न सकिन्छ । त्यसमा धनियाँको डाँठहरू डुबाउनुहोस्। धनियाँ ताजा रहन्छ।
अरु पनि उपाउ छन् ।
टिस्यू पेपरमा बेरेर राख्ने
धनियाँलाई बाक्लो टिस्यु वा नरम कागज बेर्ने यसले यसलाई ताजा राख्न मद्दत गर्न सक्छ । यसले धनियाबाट अतिरिक्त पानी हटाउँछ र यसलाई चाँडै बिग्रनबाट रोक्छ ।
हावा नछिर्ने बट्टामा राख्ने
धनियाँ चाँडै बिग्रन नदिनका लागि यसलाई सफा गरेर हावा नछिर्ने बट्टाहरूमा भण्डारण गर्न सकिन्छ । धनियाँ राख्नुअघि भाँडामा टिस्यू वा कुनै कागज वा सफा कपडा राख्नुपर्छ ।
खुर्सानी कसरी ताजा राख्ने ?
डाँठहरू हटाउने
हरियो खुर्सानीको डाँठहरू हटाएर फ्रिजमा भण्डारण गर्दा तिनीहरू चाँडै बिग्रनबाट पाउँदैनन् । डाँठहरूमा ओसिलोपन रहन्छ, जसले गर्दा खुर्सानी चाँडै बिग्रन सक्छ। त्यसकारण, डाँठहरू हटाउनु आवश्यक छ ।
राम्रोसँग पखाल्ने र पानी ओभाएपछि मात्रै राख्ने
बाजार तथा बारीबाट सिधै ल्याएको खुर्सानीमा हिलो तथा फोहोरहरू टाँसिएको हुन सक्छ । यत्तिकै राख्दा छिटो बिग्रिन सक्छ । यसलाई धोएर त्यो पानी पानि सुकाएर फ्रिजमा राखियो भने लामो समयसम्म ताजा रहन सक्छ ।
हावा नछिर्ने भाँडामा राख्ने
हरियो खुर्सानीलाई हावा नछिर्ने कन्टेनरमा भण्डारण गर्न सकिन्छ । त्यसमा पेपर, तजा सफा कपडाको टुक्रा बिच्छ्याएर त्यसमाथि खुर्सानी राख्नुपर्छ । अनि भाँडोलाई हावा नछिर्ने गरी बन्द गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
धनियाँ टिपेर ल्याउने हो भने जरैसम्म ल्याउनपर्छ । बजारबाट किन्दा पनि जरासहितको धनियाँ ल्याएमा लामो समय ताजा राख्न सकिन्छ । खुर्सानी भण्डारण गर्दा एकै ठाउँमा धेरै भण्डारण गर्ने र अलिअलि निकाल्ने र फेरि राख्ने गर्दा बिग्रिन सक्छ । बरू थोरै थोरै फरक–फरक भाँडा तथा स्थानमा राख्रे र त्यही निकालेर प्रयोग गर्ने गर्दा लामो समय ताजा राख्न सकिन्छ ।
प्रतिक्रिया 4