News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
- बुधबार बिहान भएको दुर्घटनामा १२ वर्षीय आनन्द कश्यप, ४५ वर्षीय विजयकुमार गुप्ता र ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको हो ।
- प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
१३ साउन, काठमाडौं । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
ना. ५ ख २३६४ नम्बरको ट्रकले महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिएको थियो ।
बुधबार बिहान करिब ७:३० बजे भएको सो दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4