हिमालको सेताम्मे हिउँले,
सौन्दर्यताको संदेश दिँदैछ।
पहाडको कलकल झरनाले ,
मित्रताको संदेश दिँदैछ।
तराईका हरियाली फाँटले,
सम्पन्नताको संदेश दिँदैछ।
नेपाल आमाले समुदाय वीच
ऐक्यबद्धताको संदेश दिँदैछ।।
बुद्ध, जनक भृकुटी र सीताले,
सत्यताको संदेश दिँदैछ ।
दशरथ, गंगा, भक्ति र दुर्गाले,
वीरताको संदेश दिँदैछ।
स्वर्गद्धारी र मनोकामनाले ,
धर्मिकताको संदेश दिँदैछ।
नेपाल आमाले समुदायबीच
समताको संदेश दिँदैछ।।
लालीगुराँस, गुलाव र चमेलीले,
विविधताको संदेश दिँदैछ।
दौरा, फरिया र धोती, कुर्ताले ,
मैलिकताको संदेश दिँदैछ।
सिसम ,टिक, सिसौ र सालले ,
प्रकृतिक सौन्दर्यताको संदेश दिँदैछ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4