News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूको जवाफ दिन समय लिएपछि विपक्षी सांसदहरूले प्रक्रियाबारे प्रश्न उठाउँदै आपत्ति जनाएका छन्।
- सभामुख डीपी अर्यालले संसद् बैठकमा मर्यादा बाहिर गएर गतिविधि गर्ने तीन जना सांसदलाई चेतावनी दिनुभएको छ।
- आक्रामक रूपमा प्रतिवाद गर्न खोजेपछि रास्वपाकी सांसद आशिका तामाङलाई उनकै दलका सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन्।
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले आपत्ति जनाइरहँदा केही असहज स्थिति सिर्जना भएको छ ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि चर्काचर्की चलेको थियो ।
सभामुख अर्यालले मर्यादा बाहिर गएर गतिविधि गरेको भन्दै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका थिए । त्यसैक्रममा सत्तारुढ सांसद आशिका तामाङले प्रतिवादमा आवाज उठाएकी थिइन् ।
आक्रमक शैलीमा प्रतिवाद गर्न खोजेपछि उनलाई रास्वपाकै सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन् ।
प्रतिक्रिया 4