+
+
Shares

होल्डिङ सेन्टरका बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १२:५४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बालबालिकालाई विद्यालय जाने वातावरण बनाउन सरकारलाई आग्रह गरेकी छिन्।
  • उनी कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि सरकारले बालबालिकाको विद्यालय छिटो व्यवस्था मिलाउन ध्यानाकर्षण गराउन चाहन्छु भनी सामाजिक सञ्जालमा लेखेकी छिन्।
  • सांसद आशिका तामाङले बालबालिकाको नयाँ भर्ना सिजन छुटेको र विद्यालय जान नपाएको गुनासो भएको उल्लेख गरिन्।

२० वैशाख, काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन आग्रह गरेकी छिन्  ।

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।

‘बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गर्नुभएको छ । बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकार समक्ष ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?