+
+
Shares

ओपनएआईको ‘प्रोजेक्ट लिली’ : कन्ट्राक्टरहरूलाई च्याटजीपीटीको संवाद हेर्न लगाउँदै

ओपनएआईले च्याटजीपीटीको रिप्लाई सुधार गर्न ‘प्रोजेक्ट लिली’ प्रोजेक्ट सुरु गरको छ। यो योजनाअन्तर्गत सयौं कन्ट्राक्टरहरूलाई प्रयोगकर्ताहरूको च्याट संवाद हेर्न र मूल्याङ्कन गर्न लगाएको खुलेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपनएआईले च्याटजीपीटीको रिप्लाई सुधार गर्न ‘प्रोजेक्ट लिली’ सुरु गरी सयौं कन्ट्राक्टरमार्फत प्रयोगकर्ताको च्याट संवाद मूल्याङ्कन गराइरहेको खुलेको छ।
  • कन्ट्राक्टरहरूले एकदेखि सातसम्मको स्केलमा रेटिङ गर्ने क्रममा पूरा संवाद हेर्न सक्ने भएकाले व्यक्तिगत र संवेदनशील विवरण सार्वजनिक हुन सक्ने भन्दै गोपनीयता जोखिमको आलोचना भएको छ।
  • ओपनएआईले संवाद हेर्नुअघि ‘प्राइभेसी फिल्टर’ प्रयोग गर्ने र प्रयोगकर्ताले सेटिङमा ‘इम्प्रोभ द मोडल फर एभ्रीवान’ बन्द गरेर मानवीय समीक्षा रोक्न सक्ने बताएको छ।

३० भदौ, काठमाडौं। ओपनएआईले च्याटजीपीटीको रिप्लाई सुधार गर्न ‘प्रोजेक्ट लिली’ प्रोजेक्ट सुरु गरको छ। यो योजनाअन्तर्गत सयौं कन्ट्राक्टरहरूलाई प्रयोगकर्ताहरूको च्याट संवाद हेर्न र मूल्याङ्कन गर्न लगाएको खुलेको छ।

यी कन्ट्राक्टरहरूले एआईको रिप्लाई कति स्पष्ट, सहायक र नियमअनुसार छ भनेर एकदेखि सातसम्मको स्केलमा रेटिङ गर्छन्। तर यो प्रक्रियामा गोपनीयताको गम्भीर जोखिम रहेको भन्दै आलोचना पनि भएको छ। यसरी रिभ्यू गर्ने कन्ट्राक्टरले कहिलेकाहीँ पूरा संवाद हेर्छन्, जसमा व्यक्तिगत वा संवेदनशील जानकारी समावेश हुन सक्ने जोखिम देखिन्छ।

यद्यपि त्यसमा प्रयोगकर्ताको नाम देखाइँदैन। तर ड्यासबोर्डमा ‘यूजर मेमोरीज समरी’ देखा पर्न सक्छ। यसबाट प्रयाेगकर्ताले पहिले च्याटजीपीटी केका लागि प्रयोग गर्यो र कहाँ बस्न सक्छ जस्ता विवरणहरू पनि देखाउन सक्ने चिन्ता पनि उत्तिकै देखिन्छ।

ओपनएआईले भने यस्ता संवादहरू मानिसहरूले हेर्नुअघि व्यक्तिगत जानकारी हटाउन ‘प्राइभेसी फिल्टर’ प्रयोग गर्ने बताएको छ। तर कम्पनीले नै यो फिल्टरले कहिलेकाहीँ संवेदनशील विवरणहरू छुटाउन सक्ने स्वीकार गरेको छ।

ओपनएआईको वेबसाइटको एफएक्यू पेजमा पनि २०२३ देखि नै ‘अनुमति प्राप्त कर्मचारी र सेवा प्रदायकहरूले मोडेल प्रदर्शन सुधार गर्न प्रयोगकर्ता डेटा हेर्न सक्ने’ उल्लेख छ। तर कम्पनीले यो कुरा प्रयोगकर्ताहरूलाई स्पष्ट रूपमा सुरुमा बुझाएको थिएन।

यदि प्रयोगकर्ताले आफ्ना च्याट त्यस्ता रिभ्युअरबाट लुकाउन चाहे सेटिङ परिवर्तन गर्नसक्छन्।

प्रयोगकर्ताहरूले सेटिङ्समा ‘इम्प्रोभ द मोडल फर एभ्रीवान’ बन्द गरेर आफ्नो नयाँ च्याटलाई मोडेल तालिम र मानवीय समीक्षामा प्रयोग हुनबाट रोक्न सक्छन्। यो सेटिङ फ्री, प्लस र प्रो एकाउन्टमा डिफल्ट रूपमा खुला हुन्छ।

तर इन्टरप्राइज, बिजनेस र एड्यु एकाउन्टमा भने बन्द हुन्छ। त्यस्तै यसबाट जोगिन कम्पनीले अस्थायी च्याट मोड पनि प्रदान गर्छ, जसमा इनपुट डेटा मोडेल तालिमका लागि प्रयोग हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?