+
+
Shares

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत

रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ११:२२
रास्वपा सचेतक क्रान्तिशिखा धिताल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा बोल्न च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ।
  • सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई च्याटजीपीटीको सहारा नलिन र विषयवस्तु नभए नबोल्न निर्देशन दिएकी छन्।
  • रास्वपाका १८१ जना सांसदमध्ये केहीले च्याटजीपीटीको आधारमा संसदमा बोलेको विषयमा प्रश्न उठेको छ।

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ ।

संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।

रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।

सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’

प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् । रास्वपाका सांसदहरुले च्याटजीपीटीको आधारमा संसदमा बोलेको भन्दै प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?