News Summary
Generated by OK AI. Editorially reviewed.- सिंघुवा विश्वविद्यालयको अध्ययनले विश्वव्यापी प्राविधिक प्रतिस्पर्धामा नयाँ मोर्चा खोल्दै एआई मोडलले भाषाले प्रभाव पार्न सक्ने प्रश्न उठाएको छ।
- चीनको शीर्ष उड्डयन जर्नलमा प्रकाशित अनुसन्धानअनुसार चिनियाँ भाषाले अंग्रेजीमाथि आन्तरिक फाइदा हुन सक्छ तर हाल त्यसको महत्व कम छ।
- एयरोस्पेस इन्जिनियरिङ स्कूलका प्राध्यापक चेन हाइक्सिनको टोलीले एआईलाई विमान पखेटाको आकार सुधार्न तर्क र भिजन क्षमतासहित डिजाइन गरेको छ।
५ जेठ, काठमाडौं । सिंघुवा विश्वविद्यालयको एक अध्ययनले औद्योगिक शक्तिहरूका लागि गम्भीर अर्थ राख्ने प्रश्न उठाउँदै विश्वव्यापी प्राविधिक प्रतिस्पर्धामा नयाँ मोर्चा खोलेको छ।
यदि तपाईं कुनै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडललाई, उदाहरणका लागि, एउटा उत्कृष्ट विमानको डिजाइन गर्न आदेश दिनुहुन्छ भने के तपाईं त्यससँग अंग्रेजीमा कुरा गर्नुहुन्छ वा चिनियाँमा ? यसले कुनै फरक पार्छ?
अप्रिल २७ मा चीनको शीर्ष उड्डयन जर्नल ‘एक्टा एयरोनटिका एट एस्ट्रोनटिका सिनिका’ मा प्रकाशित उक्त अनुसन्धानका अनुसार यसको जवाफ मिश्रित छ । चिनियाँ भाषाको अंग्रेजीमाथि एउटा आन्तरिक फाइदा हुन सक्छ । तर अहिलेका लागि त्यो धेरै महत्व भने छैन।
सिंघुवाको एयरोस्पेस इन्जिनियरिङ स्कूलका प्राध्यापक चेन हाइक्सिनको नेतृत्वमा रहेको टोलीले एउटा परिष्कृत एआई ‘एजेन्ट’ तयार पारेको थियो । जसलाई इन्जिनियरिङको एउटा क्लासिक कार्य आधुनिक विमानको पखेटाको आकारमा हेरफेर गरेर त्यसको ड्र्याग कम गर्ने गर्नका लागि डिजाइन गरिएको थियो।
एआईलाई ‘देख्न’ र ‘तर्क गर्न’ सिकाइएको थियो। भिजन-ल्याङ्ग्वेज मोडलको प्रयोग गरी, एआईलाई पखेटाको आकार र तिनको वायुप्रवाह ढाँचाहरूका तस्बिरहरू देखाइएको थियो, जसमा इन्जिनियरिङ नियमहरू र डिजाइन इतिहासको एक सेट पनि जोडिएको थियो।
त्यसपछि, उसले पखेटालाई अझ एरोडाइनामिक बनाउनका लागि यहाँ अलिकति ‘बम्प’ थप्ने वा त्यहाँ अलिकति वक्र मिलाउने जस्ता सूक्ष्म ज्यामितीय संशोधनहरू प्रस्ताव गर्नुपर्ने थियो। एआईले त्ट्रायल एन्ड एरर प्रक्रियामार्फत सिकेको थियो । प्रत्येक पटक सफलतापूर्वक ड्र्याग कम गर्दा त्यसले ‘रिवार्ड’ प्राप्त गर्थ्यो ।
प्रतिक्रिया 4