+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

अब च्याट जीपीटीले पत्ता लगाउनेछ नयाँ-नयाँ औषधि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:४७

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एउटा विशेष आर्टिफिसियल इन्टेलिजेन्स मोडेल सार्वजनिक गरेको छ। जीपीटी-रोजालिन्ड नामक उक्त एआईले नयाँ औषधिको खोज गर्ने र औषधिको अनुसन्धानलाई तीव्र बनाउने बताइएको छ।

बिहीबार सार्वजनिक गरिएको यो नयाँ एआई मोडेललाई विशेष रूपमा जैविक विज्ञानको अनुसन्धानका लागि विकास गरिएको हो ।

प्रविधि कम्पनीहरूबीच एआईलाई चिकित्सा क्षेत्रमा उपयोग गर्ने विषयमा पछिल्लो समयमा प्रतिस्पर्धा बढिरहेको छ । त्यसैले ओपन एआईको यो नयाँ मोडेलले औषधिको क्षेत्रमा चलिरहेका वैज्ञानिक अनुसन्धानलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ । लामो समयदेखि अनुसन्धान भइरहेका रोगहरूको औषधि पत्ता लगाउन आगामी दिनमा ओपन एआईको नयाँ मोडेलले सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

जीपीटी-रोजालिन्डले ठूलो डेटाबाट महत्वपूर्ण जानकारी निकाल्न र वैज्ञानिक अध्ययनहरूलाई व्यवहारिक रुपमा उपयोगी स्वास्थ्य सेवामा रूपान्तरण गर्न मद्दत गर्नेछ । हाल यसको प्रारम्भिक संस्करण प्रस्तुत गरिएको छ र परीक्षणका रूपमा केही व्यावसायिक ग्राहकहरूलाई उपलब्ध गराइनेछ ।

यसका प्रारम्भिक प्रयोगकर्ताहरूमा औषधि कम्पनी आमगेन इंक, खोप निर्माता मोर्डैना तथा बायोसाइन्स अनुसन्धान संस्था अलेन इन्स्टिच्यूट रहेका छन् ।

स्मरण रहोस् कोडिङ, विज्ञान र साइबर सुरक्षाजस्ता क्षेत्रमा काम गर्ने उन्नत एआई मोडेल विकास गर्न ओपन एआई र उसको प्रतिस्पर्धी एन्थ्रोपिकबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यी मोडेलहरूको उद्देश्य एआईको प्रयोगबाट समय र लागत दुवै घटाउन सकिन्छ भन्ने विश्वास कम्पनीहरूलाई दिलाउनु हो ।

गुगल लगायतका अन्य धेरै कम्पनीहरूले पछिल्लो समय एआईको व्यवहारिक विज्ञान तथा स्वास्थ्य क्षेत्रमा प्रयोग बढाएका छन् । यसमा नयाँ औषधि अनुसन्धानदेखि व्यक्तिगत मेडिकल डेटाको विश्लेषणसम्मका कामहरू समावेश छन् ।

सन् २०२४ मा गुगल डीपमाइन्डका दुई वैज्ञानिकहरूले अल्फाफोल्ड नामक एआई प्रणालीका लागि रसायनशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । यो प्रणालीले प्रोटिनको संरचना अनुमान गर्न सक्ने क्षमता राख्छ ।

उता ओपन एआईमा जिवन विज्ञान (लाइफ साइन्सेस) प्रडक्टको नेतृत्व गरिरहेका युनयुन वाङका अनुसार नयाँ एआई मोडेललाई सुरक्षित रूपमा प्रयोग गर्न सकिने बनाउनु कम्पनीको लक्ष्य रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?