News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धारको प्रगति संसदलाई जानकारी गराउन माग गरे ।
- उनले माथिल्लो त्रिशूली ए मा खोजीको पछिल्लो अवस्था, कति सुरुङमा उद्धार सकियो र कति बाँकी छ भन्ने विवरण सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।
- मल्लले मृतक र बेपत्ताको डीएनए परीक्षण छिटो टुंग्याउन, पीडित परिवारलाई जानकारी दिन र राहत प्याकेज घोषणा गर्न पनि माग गरे ।
३० भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उनले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताए ।
‘जलविद्युत आयोजनाका सुरुङहरूमध्ये कति वटामा खोज र उद्धार कार्य सम्पन्न भयो ? कति वटामा जारी छ ? माथिल्लो त्रिशूली ए (२१६ मेगावाट)को खोजि कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडितहरू आफन्तको अन्तिम संस्कार गर्नको लागि डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ,’ सांसद मल्लले भने ।
सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार र आम नागरिकलाई दिन सरकारसँग माग गरे । बाढीपीडित परिवार आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा रहेको उल्लेख उनले गरे ।
‘परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक परिवारको राहत तथा उद्धार कार्यको लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ ? होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेखि शुरु हुन्छ ? बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल शुरु गरियोस्,’ सांसद मल्लले भने ।
प्रतिक्रिया 4