च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैँले डिजाइन गरेको पहिलो एआई चिप ‘जलापेनो’ सार्वजनिक गरेको छ ।
कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे ।
यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र भविष्यमा आउने अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा चलाउने उद्देश्यले तयार पारिएको कम्पनीले जनाएको छ ।
अहिलेसम्म ओपनएआई आफ्ना मोडेलहरू चलाउनका लागि एनभिडिया जस्ता अन्य कम्पनीका चिपहरूमा निर्भर थियो ।
ओपनएआईका अनुसार, एआईको विकासका लागि चिपहरू सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । आफ्नै चिप भएपछि कम्पनीले कम लागतमा धेरै मानिसहरूका लागि एआई सेवाहरू उपलब्ध गराउन सक्नेछ ।
याे कदमले विश्वव्यापी एआई बजारमा ठूलो परिवर्तन ल्याउने र एआई प्रविधिको पहुँचलाई अझ बढाउने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4