+
+
Shares

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त गरेको छ।
  • प्राधिकरणमा क्षेत्रगोपाल प्रधान, अनन्त मल्लिक, निलमकुमार ओझा र सुजिता श्रेष्ठ सदस्यका रूपमा नियुक्त भएका छन्।
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नवनियुक्त सदस्यहरूलाई देश र जनतालाई केन्द्रमा राखेर नतिजामुखी भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

३२ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको निर्णयअनुसार प्राधिकरणमा चार जना नयाँ सदस्य थपिएका हुन् ।

प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्यहरूलाई निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राधिकरण दूरसञ्चार क्षेत्रको विकास, विस्तार तथा नियमनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निकाय भएकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

‘तपाईंहरू जुन संस्थाका लागि काम गर्नुहुन्छ, त्यहाँ देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला । यो निकै महत्वका साथ हेरिएको संस्था र पद हो । तपाईंहरूका कामले भोलिको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र नतिजामुखी भएर काम गर्नुहोला,’ सञ्चारमन्त्री डा तिमिल्सिनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?