+
+
Shares

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारलाई सिफारिश गरेको छ ।
  • परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गर्दै राजस्व न्यायाधीकरण र श्रम अदालतका लागि पनि नयाँ अध्यक्षहरू तोकेको छ ।
  • श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न परिषद्ले सरकारलाई परामर्श दिएको छ ।

३२ असार काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।

परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट थिए ।

त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरणओ पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ ।

परिषद्ले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?