News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन् ।
- न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
- गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नभएकाले कोइरीलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
३२ असार, जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् ।
बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।
लगत्तै उनी थुनामुक्त भएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो ।
गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4