+
+
Shares

राइड सेयरिङ चालकलाई अब प्यान नम्बर अनिवार्य

आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ अनुसार राइड सेयरिङ चालकलाई प्यान नम्बर अनिवार्य गरिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा ल्याउन अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।
  • राइड सेयरिङ सेवा सञ्चालन गर्ने अपरेटरहरू अब मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुन अनिवार्य भएको छ ।
  • राइडरले लिने शुल्कको ५ प्रतिशतका दरले भ्याट संकलन गरी अर्को महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नुपर्ने प्रावधान तोकिएको छ ।

३२ असार, काठमाडौं । सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।

आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड सेयरिङ चालकका लागि प्यान नम्बर अनिवार्य गरिएको जानकारी गराएको छ ।

विभागको सूचनामा छ, ‘राइड सेयरिङ सेवा सञ्चालन गर्ने कुनै व्यक्ति (राइड सेयरिङ अपरेटर) को प्ल्याटफर्ममा आबद्ध भई सेवा प्रदान गर्ने व्यक्तिले अनिवार्य स्थायी लेखा नम्बर लिएरमात्र कारोबार गर्नू गराउनू हुन सूचना प्रकाशित गरिएको छ ।’

अपरेटर भ्याटमा दर्ता अनिवार्य

आगामी आर्थिक वर्षको बजेट र आर्थिक ऐन २०८३ मा राइड सेयरिङमा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर (भ्याट) असुल गर्ने घोषणा गरिएको छ ।

यो व्यवस्था अनुसार अब प्ल्याटफर्म मार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (अपरेटर) भ्याटमा दर्ता भएको हुनुपर्ने विभागले जनाएको छ ।

आफ्नो प्ल्याटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने राइडरका तर्फबाट त्यस्तो सेवाबापत लिने शुल्कको ५ प्रतिशतका दरले भ्याट संकलन गर्नुपर्ने समेत विभागको सूचनामा उल्लेख छ ।

सो सेवाको कारोबारमा राइडरका तर्फबाट कर बिजक जारी गर्नुपर्ने छ । राइडरका तर्फबाट संकलित रकम अर्को महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नुपर्ने समेत प्रावधान राखिएको छ ।

राइडरले प्यान नम्बर लिएपछि भ्याटमा दर्ता हुन अनिवार्य नरहेको समेत विभागले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?