+
+
Shares
कविता :

यक्ष प्रश्न बनेको छ

राकेश कुमार झा ‘रसिक’ राकेश कुमार झा ‘रसिक’
२०८३ असार ३२ गते १७:०७

मेरो दुई हात छ ।
तिम्रो पनि दुई हात छ ।
मेरो दुई खुट्टा छ ।
तिम्रो पनि दुई खुट्टा छ ।
म बोल्छु ।
तिमी पनि बोल्छौ ।
मेरो नाम छ ।
तिम्रो पनि नाम छ ।
म श्वास लिन्छु ।
तिमी पनि लिन्छौ
म मानव हुँ ।
तिमी पनि मानव हौ ।
अनि त म र तिमीमा के फरक छ ।।
त्यसैले त,
मेरो मुटु र मस्तिष्क काम्दै छ ।
मेरो हात र खुट्टा काम्दै छ ।
मेरो शरीरका नसाहरू भावविहीन बनेका छन् ।
म त निसंदेह स्तब्ध बनेको छु ।
हजारौं वर्षदेखि छुवाछुतको खेल चलिरहेको छ ।
भगवानले बनाएका छन् संसारको मानव एक ।
अनि मानवमा किन छन् भेदवाभ अनेक ।

यो अपमान र तिरस्कार कहिले सम्म ?
यो आफैमा यक्ष प्रश्न बनेको छ ।।

भगवान बुद्धको पावन भूमिमा,
समाजिक द्धेष र भेदभाव ?
जगत जननी सीता माताको पावन भूमिमा,
अत्याचार, अन्याय, बलात्कार र उत्पीडन ?
भगवान पशुपतिनाथको देशमा,
धर्म, संस्कृति र रितीरिवाजको,
नाममा घृणा, हिंसा र क्रुरता ?

आखिरी यो सबै कहिले सम्म ?
यो आफैंमा यक्ष प्रश्न बनेको छ ।।

पशुपन्छी र वनस्पतिमा छुवाछुत छैनन् ।
वर्ण र बनावट त केबल जिनको खेल हो ,
सृजित फेनोटाइपिक विविधता हो ।
उनान्सय प्रतिशत अनुवांशिक ,
मानव जातिमा समान रहेको छ ।
सबै मानवलाई भगवानले समान बनाएको छ ।

अनि मानव जातिमा छुवाछुतको विभेद किन ?
यो आफैँमा यक्ष प्रश्न बनेको छ ।।

लेखक
राकेश कुमार झा ‘रसिक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?