News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
- न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले १९ असारको कैदी पुर्जी कानूनसम्मत नरहेको भन्दै उक्त आदेश दिएको हो ।
- थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
३२ असार, जनकपुरधाम । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।
गत १९ असारको कैदी पुर्जी कानुन सम्वत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4