+
+
Shares

महोत्तरी १ : एमालेका लक्ष्मी कोइरीले दिए उम्मेदवारी

महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:२६

६ माघ, महोत्तरी । महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।

कोइरी यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनले २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीले यसपटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?