+
+
Shares

‘स्नेहाज केयर’ शाइनिङ वर्ल्ड कम्प्यासन अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठलाई सुप्रिम मास्टर चिङ हाई इन्टरनेशनल एसोसिएसनले शाइनिङ वर्ल्ड कम्प्यासन अवार्ड प्रदान गरेको छ।

६ माघ, काठमाडौं । नेपालमा जनावर कल्याण अभियानलाई सुदृढ पार्दै आएको स्नेहाज केयरले  सम्मान प्राप्त गरेको छ । सुप्रिम मास्टर चिङ हाई इन्टरनेशनल एसोसिएसनले संस्थाकी संस्थापक स्नेहा श्रेष्ठलाई ‘शाइनिङ वर्ल्ड कम्प्यासन अवार्ड’ प्रदान गरेको हो ।

जनावर उद्धार, पुनर्वास, कल्याणका लागि निरन्तर वकालत तथा प्लान्ट–बेस्ड जीवनशैलीको प्रचार–प्रसारमा उनले पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

सन् २०१५ मा स्थापना भएको स्नेहाज केयरले हालसम्म २० हजार भन्दाबढी जनावरलाई सहयोग गरिसकेको छ । संस्थाले सडकका कुकुर, हिट एण्ड रन घटनाका पीडित तथा अन्य आवश्यकता अनुसार जनावरको उद्धार, उपचार र पुनर्स्थापनाको काम गर्दै आएको छ ।

स्नेहा श्रेष्ठलाई यो अभियान सुरु गर्ने प्रेरणा उनको प्रिय कुकुर जाराको मृत्युबाट प्राप्त भएको थियो । छिमेकीले विष खुवाएर आफ्नो कुकुर मारिदिएको यस घटनापछि उनले सडकका जनावरले भोग्ने पीडा र समाजमा विद्यमान अज्ञानताबारे महसुस गर्ने मौका पाइन् । यसपछि उनले आफ्नो जीवन जनावर कल्याण अभियानमा समर्पित गर्ने निर्णय गरेकी थिइन् ।

स्नेहा केयरले प्लान्ट–बेस्ड खानपानप्रति जागरूकता फैलाउन विद्यालय र महिलामुखी शिक्षामूलक कार्यक्रम तथा स्वादिष्ट भेगन व्यञ्जन सिकाउने कार्यसमेत गर्दै आएको छ । यसका साथै संस्थाले आयोजना गर्ने ‘काठमाडौं भेज फेस्ट’ नेपालकै सबैभन्दा चर्चित भेगन उत्सव बनेको छ ।

अवार्ड प्राप्त गर्दै स्नेहा श्रेष्ठले यस सम्मानलाई आफ्नो टिम, स्वयंसेवक र समर्थकहरूलाई समर्पित गर्दै जनावर अधिकार तथा भेगन जीवनशैलीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।

यो सम्मानले नेपालमा जनावर कल्याण र भेगन आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको जनाएको छ, जसले युवाहरू र समुदायलाई यस अभियानतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?