News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मिनप्रसाद गुरुङले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
- गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्याङ्जा–१ मा तेस्रो नम्बरमा मनोनयन दर्ता गराएका हुन्।
- उनको प्रस्तावकमा अमृत प्रसाद श्रेष्ठ र समर्थकमा सिमा कुमारी क्षेत्री रहेका छन्।
६ माघ, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मिनप्रसाद गुरुङले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा–१ मा तेस्रो नम्बरमा मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा अमृत प्रसाद श्रेष्ठ र समर्थकमा सिमा कुमारी क्षेत्री रहेका छन्। गण्डकी प्रदेश सभाका पूर्व सांसदसमेत रहेका गुरुङ लामो समयदेखि राजनीतिसँगै विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्।
यसअघि एमाले स्याङ्जाका अध्यक्षसमेत भइसकेका गुरुङले संगठन र जनसेवाको अनुभवका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4