+
+
Shares

स्याङ्जा-१ बाट नेकपाका शैलेन्द्र घिमिरेको पहिलो मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपाका शैलेन्द्र घिमिरेले मनाेनयन दर्ता गराएका छन्।
  • शैलेन्द्र घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् र उनी संघर्षशील, अनुशासित तथा वैचारिक रूपमा दृढ युवा नेताका रूपमा चिनिन्छन्।
  • घिमिरेले लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै जिल्लामा राम्रो पकड बनाएका छन्।

६ माघ, काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट शैलेन्द्र घिमिरेले मनाेनयन दर्ता गराएका छन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा -१ मा पहिलाे मनाेनयन दर्ता गराएका हुन् । घिमिरेको प्रस्तावकमा खिम कुमार विक र समर्थकमा नारायण प्रसाद तिवारी छन् ।

क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनलाई संघर्षशील, अनुशासित र वैचारिक रूपमा दृढ युवा नेताका रूपमा लिने गरिन्छ ।

लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएका घिमिरेले जिल्लामा राम्रो पकड बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?