+
+
Shares

उम्मेदवारी मनोनयन दर्ताको दिन सेयर बजारमा उत्साह, बढ्यो ४२ अंक

आज मंगलबार ४२.२६ अंकले बढेको बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।
  • आज सेयर बजार ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ, जुन १.५८ प्रतिशत वृद्धि हो।
  • आज होटल र पर्यटन उपसूचकमा ३.३६ प्रतिशत वृद्धि भएको छ र कारोबार रकम ११ अर्ब ८५ करोड नाघेको छ।

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न हुने र त्यसले स्थिरता ल्याउने अपेक्षामा सेयर बजार लगानीकर्ता रहेको आजको सेयर बजारले संकेत गरेको छ ।

आज मंगलबार ४२.२६ अंकले बढेको बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखियो ।

सबैभन्दा धेरै (३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।

मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य धेरैले बढेको छ ।

आज सबैभन्दा धेरै घाटा भने एसबीएल डिबेन्चरका लगानीकर्ताले बेहोरेका छन् । यो धितोपत्रको मूल्य ४.२३ प्रतिशतले घटेको छ । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो, सामलिङ पावर सहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको देखिएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?