News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकले २०२५ को तेस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाएको छ।
- विश्वव्यापी रूपमा टिकटकले २०४ मिलियन भिडियो हटाएको र ११८ मिलियन नक्कली अकाउन्ट तथा २२ मिलियन १३ वर्षमुनिका अकाउन्ट हटाएको छ।
- हटाइएका भिडियोमध्ये ३० प्रतिशत संवेदनशील विषयवस्तुका थिए भने ३२.९ प्रतिशत गलत सूचना र ३४.४ प्रतिशत एआईबाट सिर्जना गरिएका थिए।
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउने जनाउँदै सन् २०२५ तेस्रो त्रैमासिकको ‘गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ ।
जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गर्दछ ।
पछिल्लो ३ महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाइएका छन् । जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए ।
विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०४,५३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो ।
हटाइएका भिडियोमध्ये १८६,६०८,०८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्यूपछि ८,९५०,७३५ भिडियो पुनःस्थापना गरिएका थिए ।
सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत थियो, जसमा ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो । प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११८,६१८,३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्कामा थप २२,२२६,५४२ अकाउन्ट पनि हटाइएको छ ।
रिपोर्ट अनुसार हटाइएका कुल भिडियोमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन । थप १५.७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए ।
यसका अतिरिक्त, ३२.९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत हटाइएका भिडियो सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए ।
प्रतिक्रिया 4