६ माघ, सिरहा। नेपाली कम्युनिस्ट पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं-३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विश्वनाथ साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
पूर्वशान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत रहिसकेका साहले यसपटक तेस्रो पटक सिरहा क्षेत्र नं-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
२०६४ सालमा सिरहामा ६ वटा निर्वाचन क्षेत्र कायम रहँदा साहले क्षेत्र नं–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। लामो राजनीतिक अनुभव बोकेका साहको उम्मेदवारीले सिरहा क्षेत्र नं–३ को चुनावी माहोल थप चासोपूर्ण बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4