+
+
Shares

नेवानिले ४ जहाजको ऋण किस्ताबापत तिर्‍यो ५३ करोड

न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ।
  • नेवानिले दीर्घकालीन ऋण व्यवस्थापनका लागि सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरूसँग छलफल सुरु गरेको छ।
  • ऋणको वास्तविकता मिलाएर अभिलेख बनाउने, ब्याज मिनाहा र ऋण तिर्ने तालिका पुनः समायोजन गर्ने विषयमा गम्भीर छलफल भएको छ।

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ ।

न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ ।

त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व स्पष्टीकरणका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरूसँग छलफल समेत थालेको छ ।

पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्था व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न नेवानिले छलफल सुरु गरेको जनाएको छ । दुवै पक्षबीच लामो समयदेखिको संवादहीनता तोड्दै संस्थाका उच्च अधिकारीहरूको टोलीले दुवै कोषका शीर्ष अधिकारीहरूसँग विस्तृत छलफल गरेको छ ।

नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले विशेषगरी संस्थाले तिर्नुपर्ने कुल ऋण रकम स्पष्ट नभएको, दुई पक्षबीच तथ्यमा एकरूपता नदेखिएको विषय उठाएको थियो ।

छलफलमा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प यकिन गर्ने तथा ऋण तिर्ने तालिका पुन: समायोजन गर्नेजस्ता विषयमा गम्भीर छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?