News Summary
Generated by OK AI. Editorially reviewed.- एमपावर फाइनान्सिङले अमेरिका जाने नेपाली विद्यार्थीलाई बिनाधितो १ लाख अमेरिकी डलरसम्म ऋण दिने योजना अघि सारेको छ।
काठमाडौं । एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई बिनाधितो १ लाख डलर ऋण दिने भएको छ ।
नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन् । तर अमेरिकाको वाशिङ्टन डिसीमा रहेको एमपावर फाइनान्सिङले बिनाधितो र बिनाजमानी अधिकतम १ लाख अमेरिकी डलरसम्म ऋण दिने योजना अघि सारेको हो ।
विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्ति हेरेर भन्दा पनि विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्ने संस्थाले प्रेस विज्ञप्तिमा जनाएको छ ।
संस्थाका अनुसार विद्यार्थीहरूले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन् । जसमा ट्युसन शुल्क मात्र नभई, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ । आवेदन प्रक्रिया पूर्णरूपमा डिजिटल रहेकाले स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेको दावी संस्थाको छ । यसले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको विश्वास छ ।
हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।
प्रतिक्रिया 4