+
+
Shares

प्रभावित व्यवसायीले कर्मचारीलाई पारिश्रमिक दिन सस्तो ब्याजमा ऋण पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनमा प्रभावित उद्योगी, व्यवसायी तथा कर्मचारीलाई सस्तो ब्याजमा ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ।
  • बैंकहरुले आधार दरमा बढीमा ०.५ प्रतिशत विन्दु थप गरी कर्जा दिनुपर्नेछ र कर्जा अवधि एक वर्ष वा संस्था सञ्चालन अवधिसम्म सीमित हुनेछ।
  • नेपाल सरकारले छ महिनासम्म २ प्रतिशत ब्याजदर अनुदान दिनेछ र रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।

१० असोज, काठमाडौं । जेनजी आन्दोलनमा प्रत्येक्ष प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारी कर्मचारीलाई पारिश्रमिक दिनका लागि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै आधार दरमा बढीमा ०.५ प्रतिशत विन्दु थप गरेर कर्जा दिनुपर्ने व्यवस्था गरेको हो । ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाता संस्था/प्रतिष्ठानले प्यारोल प्रोटेक्सन स्किम ल्याई बैंकिङ प्रणालीमार्फत् पारिश्रमिक उपलब्ध गराउन कर्जा माग गरेमा इजाजत पत्र प्राप्त संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्नेछ’ निर्देशनमा भनिएको छ ।

यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्नेछ ।

यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनासम्मका लागि २ (दुई) प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ । अनुदान नेपाल सरकारबाट प्राप्त भएपश्चात् ऋणीलाई उपलब्ध गराउनु पर्नेछ । यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?