+
+
Shares

इन्स्पेक्टर शिव थापा उत्कृष्ट प्रहरी घोषित

ललितपुरमा दुई दिनको फरकमा भएका दुई हत्या काण्डको सफल अनुसन्धान गरेका इन्स्पेक्टर शिव थापा उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:५८

६ माघ, काठमाडौं । ललितपुरमा दुई दिनको फरकमा भएका दुई हत्या काण्डको सफल अनुसन्धान गरेका इन्स्पेक्टर शिव थापा उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थापा पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । अपराध अनुसन्धान कार्यालयले थापालाई नगद र पुरस्कारसहित सम्मान गरेको हो ।

थापासहितको टोलीले ललितपुरमा हत्या गरेर फालिएका केशवराज हायु र पारुहाङ राईको अनुसन्धान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको थियो । यो हत्या सुल्झाएको भन्दै यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धानमा संलग्न थापासहित डीएसपी वेद पौडेल, पञ्चलाल गोलेसहितका व्यक्तिलाई पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?