६ माघ, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।
श्रेष्ठले उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए ।
श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली थालेका थिए । यसैगरी सांसद र मन्त्री हुँदा आफूले गरेका कामको विवरण प्रकाशन गरी मतदाता माझ लगेर छलफल चलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4