+
+
Shares

तनहुँमा ३ स्वतन्त्रसहित १४ दलका २८ उम्मेदवारको मनोनयन

तनहुँ-१ मा १३ दल र ३ जना स्वतन्त्र र २ मा १२ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:४५

६ माघ, तनहुँ । तनहुँको दुई निर्वाचन क्षेत्रमा १४ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तनहुँ-१ मा १३ दल र ३ जना स्वतन्त्र र २ मा १२ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

तनहुँ-१ मा मनोनयन दर्ता गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेकी भगवती न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मञ्जिल राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर राना, नेसनल रिपब्लिक नेपालका सुमन थापा मगर, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, आम जनता पार्टीका चिजमाया अधिकारी र नेकपा (माओवादी)का ओम विक्रम पन्तले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीले जानकारी दिएको छ ।

यो क्षेत्रमा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपक जोशीसहित सन्देश रानाभाट र लेखनाथ खनालले समेत स्वतन्त्र उम्मेवारको रूपमा मनोनयन दर्ता गरेका छन् ।

तनहुँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने, नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा एमालेका केदार सिग्देल, नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा (माओबादी)का गणेश लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीका प्रमुख भेषराज पौडेलले जानकारी दिए ।

पौडेलले मनोनयन दर्ता गराउन आएका उम्मेदवार र पार्टीका नेताहरूलाई निर्वाचनमा भाग लिएकोमा धन्यवाद दिँदै निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?