+
+
Shares

दोलखामा ३३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २०:०३

६ माघ, काभ्रेपलाञ्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दोलखामा ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दोलखामा नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट विशाल खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगदीश खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवीणकुमार थोकर र उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा १४ वटा दलका र १९ जना स्वतन्त्र गरी कुल ३३ जनाको उम्मेदवारी दर्ता  भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?