+
+
Shares

सुर्खेत २ : तीन स्वतन्त्रसहित १७ जना उम्मेदवार

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत क्षेत्र नम्बर २ मा तीन स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २०:१५

६ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत क्षेत्र नम्बर २ मा तीन स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन यो क्षेत्रबाट १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुर्खेत २ मा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झक्क बहादुर मल्ल (सुदीप), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश सापकोटाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीर सिंह भुल, नेमकीपाबाट तुल्छी खड्का, जसपा नेपालबाट दीप बहादुर नेपाली, गतिशील लोकतान्त्रिक पार्टीबाट पवन कुमार थापा, नेपाल जनसेवा पार्टीबाट हृदेन्द्र अधिकारी र श्रम संस्कृति पार्टीबाट राजेन्द्र अधिकारी लगायतले उम्मेदवारी दिएका छन् ।

त्यस्तै रमेश परियार, उदीराम चुनारा र कृष्ण खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?