+
+
Shares

कास्की-३ मा एमालेका वैरागी बाहेक सबै नयाँ अनुहार

२०६४ सालमा माओवादी र त्यसपछिका निर्वाचनमा लगातार एमालेले जित हासिल गरेको कास्की-३ मा एकजना बाहेक सबै नयाँ अनुहार आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २०:००
बायाँबाट क्रमशः मनोज गुरुङ्, दामोदर वैरागी, गोपाल गिरी, बिना गुरुङ र अर्जुन खनाल ।

६ माघ, पोखरा । कास्की-३ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल (वैरागी)बाहेक सबै नयाँ अनुहार छन् ।

२०६४ सालमा माओवादी र त्यसपछिका निर्वाचनमा लगातार एमालेले जित हासिल गरेको कास्की-३ मा एकजना बाहेक सबै नयाँ अनुहार आएका हुन् ।

कास्कीका २ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई टिकट दिएको एमालेले निवर्तमान सांसद वैरागीलाई दोहोर्‍याएर चुनावी मैदानमा पठाएको छ । यसअघि निरन्तर संगठनमा लागेका तर कम अवसर पाएका भन्दै वैरागीलाई जिताएका मतदाताई फकाउन नयाँ अनुहारहरू दलबलसहित उम्मेदवारी दर्ता गराउँदै चुनावमा होमिएका छन् ।

कास्कीमा एमाले सचिव खगराज अधिकारीनिकट मानिने वैरागीलाई निर्विवादित नेताका रूपमा अगाडि सार्दा नेपाली कांग्रेसले भने शेरबहादुर देउवा समूहका मनोज गुरुङलाई टिकट दिएर प्रतिस्पर्धामा पठाएको छ ।

नेपाल दरुण दलको कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै अहिले कास्की-३ को कांग्रेस सभपति रहेका मनोज यसअघि पनि टिकटका आकांक्षी थिए । तर ५ दलीय गठबन्धनबाट माओवादीको पोल्टामा टिकट पर्दा मनोज अवसरबाट वञ्चित भएका थिए ।

यसपटक विशेष महाधिवेशनको विपक्षमा उभिएर काठमाडौंमा विरोधमा समेत उत्रिएका देउवा समूहका उनै मनोजलाई गगन थापा नेतृत्वले टिकट दिएर पठाएको हो । जनजातिको बाहुल्यता रहेको यो क्षेत्र र पार्टीमा पनि एकता हुँदा मनोजलाई जित्न सक्ने बलियो उम्मेदवारका रूपमा कांग्रेसले खडा गरेको छ ।

एक भई सदृढ भएर चुनावी मैदानमा होमिएकाले यसपटक कांग्रेसले जित निकाल्ने दाबी उनको छ । गुरुङले कांग्रेसका नयाँ पुराना नेताहरूलाई साथै लिएर मनोनयन दर्ता गराउन पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो क्षेत्रमा गुरुङ तथा महिलालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की कोषाध्यक्ष बिना गुरुङलाई चुनावी मैदानमा पठाएर उम्मेदवारी दर्ता गराएको छ ।

पोखरामा महिला सशक्तीकरण, विभिन्न संघसंस्था र विषेशगरी व्यवसायमा सक्रिय छन् । यो क्षेत्रबाट रास्वपा कास्कीका सभापति यदु अधिकरी, रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीलगायत आकांक्षी थिए ।

अघिल्लो चुनावमा पनि तेस्रो लोकप्रिय मत ल्याएको रास्वपा पछिल्लो परिस्थितिमा अझै सुदृढ भएर परिवर्तनको एजेन्डसहित आएकाले आफूले जित निकाल्ने उनको दाबी छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल गिरीले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट नेकपामा आएका गिरीलाई अर्कैले पाएको टिकट हात परेको हो ।

नेकपाबाट प्रेम पौडेलले टिकट पाएको सार्वजनिक भएको थियो । तर उनले विषेश कारण देखाउँदै उम्मेदवार नबन्ने बताएपछि नेकपाले गिरीलाई उम्मेदवार बनाएको छ । २०६४ सालमा यो क्षेत्रमा माओवादीले जित हासिल गरेको थियो ।

कास्की-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनालले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाका केन्द्रीय सदस्य खनाल कडा वाककलामा माहिर मानिन्छन् ।

जेनजी आन्दोलनले परिवर्तन र युवाहरूको खोजी गरिरहेको भन्दै खनालले मतदाता तान्न खोज्दैछन् । अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै साझा विवेकशीलबाट उनी रास्वपामा प्रवेश गरेका हुन् ।

उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेकपा माओवादीका तर्फबाट कमल खड्का विश्वकर्मा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?