+
+
Shares

एक झर पानीले डुबे काठमाडौंका सडक (तस्वीर/भिडियो)

ट्राफिक व्यवस्थापन एकदमै अस्तव्यस्त बन्न पुगेको छ । विशेषगरी कार्यालय समय सकेर घर फर्किन लागेका कर्मचारीहरू बीच बाटोमै अलपत्र परेका हुन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असार ३२ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार दिउँसोको अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका सडक र करिडोरहरू डुबानमा परी सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेका छन्।
  • कार्यालयको समय सकेर घर फर्किने क्रममा रहेका सयौं कर्मचारी बाढी र जामका कारण बीच सडकमै अलपत्र परेका छन्।
  • धोबीखोला र बागमती करिडोरलगायतका भित्री सडकमा समेत पानी जमेपछि प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्।

३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षापछि सडकमा आएको बाढीका कारण सवारीसाधन आवागम प्रभावित भएको छ ।

अहिले काठमाडौंका विभिन्न सडकहरू बाढीका कारण अस्तव्यस्त बन्न पुगेको हो ।

ट्राफिक व्यवस्थापन एकदमै अस्तव्यस्त बन्न पुगेको छ । विशेषगरी कार्यालय समय सकेर घर फर्किन लागेका कर्मचारीहरू बीच बाटोमै अलपत्र परेका हुन् ।

बाढीका कारण धोबीखोला, बागमती लगायत करिडोरका विभिन्न ठाउँमा पनि डुबानमा परेको हो ।

भित्रि सडकका क्षेत्रमा पनि बाढीले सवारी आवागनम प्रभावित बनाएको हो ।

प्रहरीसहितको सहयोगमा स्थानीयले डुबेका गाडीहरू उद्धार गरिरहेका छन् ।

हेर्नुस् अनलाइनखबरकर्मीले कैद गरेका केही तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?