+
+
Shares

सम्पदाका क्यानभासले सजियो कोटेश्वर क्षेत्र (तस्वीरहरू)

अहिले महानगरले कोटेश्वर सडक खण्डमा भित्तामा विभिन्न कलाले रंगाउने र छेउछाउमा फूलका विरुवासहितका गमलाले सजाउने काम गरिरहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार १६ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले ‘मेरो रहर, सुन्दर र हरित शहर’ अभियानअन्तर्गत सडक किनार सजावट कार्यलाई तीव्रता दिएको छ ।
  • महानगरले कोटेश्वर सडक खण्डका भित्तामा ऐतिहासिक सम्पदाका चित्र कोर्नुका साथै फूलका विरुवासहितका गमला राखेर सहर सजाएको छ ।
  • यसअघि महानगरले पहिलो चरणमा सिंहदरबार अगाडिको क्षेत्रमा गमला व्यवस्थापन गरी सौन्दर्य बढाउने कार्य सम्पन्न गरेको थियो ।

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हरभरा बनाउने उद्देश्यले सडक किनार सजावटलाई तीव्रता दिएको छ । अहिले महानगरले कोटेश्वर सडक खण्डमा भित्तामा विभिन्न कलाले रंगाउने र छेउछाउमा फूलका विरुवासहितका गमलाले सजाउने काम गरिरहेको छ ।

महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रमअन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान जारी राखेको छ । यस अभियानले शहरको सौन्दर्य बढाउनुका साथै शहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । सडकका भित्ताहरूमा काठमाडौंका ऐतिहासिक सम्पदाका भित्रहरू कोरिएका छन् ।

महानगरले यसअघि पहिलो चरणमा सिंहदरबार अगाडिका क्षेत्रमा गमला व्यवस्थापन र सजावटको काम गरेको थियो ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?