+
+
Shares

युट्युब र एक्स बनिरहेका छन् ‘न्युडिफाइ’ एपसम्म पुग्ने माध्यम

न्युडिफाई वेबसाइटहरूमा प्रयोगकर्ता पुर्‍याउने सबैभन्दा ठूलो माध्यम युट्युब बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टरनेटमा विनाअनुमति अरूको अश्लील सामग्री बनाउने न्युडिफाई एपहरूको जोखिम युट्युब र एक्स जस्ता सामाजिक सञ्जालका कारण तीव्र रूपमा बढेको छ ।
  • आईएसडीको प्रतिवेदन अनुसार डिसेम्बर २०२५ देखि मार्च २०२६ सम्म सामाजिक सञ्जालमार्फत यस्ता साइटहरूमा ५७ लाखभन्दा बढी पटक भिजिट भएको छ ।
  • न्युडिफाई एपहरूले यौन सन्तुष्टि मात्र नभई मानिसको चरित्र हत्या गर्ने र जीवन बर्बाद पार्ने घातक उद्देश्यसमेत राख्ने गरेको अनुसन्धानले देखाएको छ ।

३२ असार, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै इन्टरनेटमा बिनाअनुमति अरूको अश्लील तस्बिर तथा भिडियो बनाउने ‘न्युडिफाई’ एपहरूको जोखिम निकै बढ्दो छ ।

हालै ‘इन्स्टिच्युट फर स्ट्राटेजिक डाइलग’ (आईएसडी) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, यस्ता आपत्तिजनक एपहरू इन्टरनेटको डार्क वेब जस्ता साइटमा मात्र नभएर हामीले दैनिक प्रयोग गर्ने युट्युब र एक्स (ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालहरूबाटै सजिलै फैलिरहेका छन् ।

अध्ययनले देखाए अनुसार डिसेम्बर २०२५ देखि मार्च २०२६ को छोटो अवधिमा मात्रै विभिन्न सामाजिक सञ्जालहरूले यस्ता साइटहरूमा ५७ लाखभन्दा बढी भिजिटहरू पुर्‍याएका छन् । यसबाट यी प्लेटफर्महरू न्युडिफाई एपहरू प्रवर्द्धन गर्ने मुख्य माध्यम बनिरहेकाे देखिन्छ ।

न्युडिफाई वेबसाइटहरूमा प्रयोगकर्ता पुर्‍याउने सबैभन्दा ठूलो माध्यम युट्युब बनेको छ । यसबाट कुल ट्राफिकको ३० प्रतिशतभन्दा बढी अर्थात् करिब १८ लाख २० हजार भिजिटहरू पुगेका थिए ।

यसैगरी एलन मस्कको स्वामित्वमा रहेको ‘एक्स’ दोस्रो ठूलो माध्यम बनेको छ । यसबाट ती साइटहरूमा १३ लाखभन्दा बढी भिजिटहरू गराएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार युट्युबमा यस्ता एपसम्बन्धी शब्दहरू खोज्दा ती एपहरूको प्रचार गर्ने, रिभ्यू गर्ने र सित्तैमा प्रयोग गर्न मिल्ने ‘प्रोमो कोड’ उपलब्ध गराउने भिडियोहरू सजिलै भेटिएका छन् ।

वायर्डकाे अर्काे रिपाेर्ट अनुसार पनि मात्र १ डलर जस्ताे सस्तो मूल्यमा एआईको मद्दतले कसैको पनि तस्बिरलाई कपडाविहीन बनाइदिने यस्ता एपहरूको व्यापक प्रयोगका कारण यस्ता साइटहरूले सामूहिक रूपमा वार्षिक ३ करोड ६० लाख डलरसम्म आम्दानी गर्ने अनुमान गरेको छ ।

विशेष गरी प्रेमिका तथा नातेदार महिलाहरूलाई निशाना बनाइने यस्ता एपहरूको मुख्य उद्देश्य सधैं यौन सन्तुष्टि मात्र नभएर मानिसहरूको चरित्र हत्या गर्ने, जागिरबाट निकाल्न बाध्य पार्ने र उनीहरूको जीवन बर्बाद बनाउने घातक उद्देश्य समेत रहने गरेको रिपाेर्टमा उल्लेख छ ।

सामाजिक सञ्जालहरूले आफ्नो प्लेटफर्ममा अश्लील सामग्री वा त्यस्ता वेबसाइटका लिङ्कहरू राख्न प्रतिबन्ध लगाए पनि यो नीति प्रभावकारी रूपमा लागू हुन नसकेको आईएसडीकी सिनियर डिरेक्टर अफ पाेलिसी एन्ड रिसर्च मेलानी स्मिथले बताएकी छिन् ।

यस विषयमा प्रतिक्रिया दिँदै युट्युबका प्रवक्ता बुट बुलविङ्कलले भने आफ्ना प्लेटफर्ममा यस्ता आपत्तिजनक सामग्री र बाह्य लिङ्कहरू रोक्ने कडा नीति रहेको र त्यस्ता भिडियोहरू पाइएमा कडाइका साथ हटाउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?