+
+
Shares

ग्यालियम धातुको १५० वर्ष पुरानो रहस्य सुल्झियो

यो धातु सन् १८७५ मा फ्रान्सेली रसायनशास्त्री पल एमिल लेकोक डी बोइसबाउद्रानले पत्ता लगाएका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:५४

२५ असार, काठमाडौं । वैज्ञानिकहरूले ग्यालियम धातुको १५० वर्ष पुरानो रहस्य सुल्झाएका छन्। युनिभर्सिटी अफ अकल्यान्डका वैज्ञानिकहरूले ग्यालियमको आणविक संरचना र व्यवहारबारे नयाँ तथ्य पत्ता लगाएका हुन्।

यो धातु सन् १८७५ मा फ्रान्सेली रसायनशास्त्री पल एमिल लेकोक डी बोइसबाउद्रानले पत्ता लगाएका थिए। यो धातु यसको मेल्टिंग पोइन्टका लागि परिचित छ। यो धातु सेमिकन्डक्टर र धेरै आधुनिक इलेक्ट्रोनिक प्रविधिहरूमा महत्त्वपूर्ण मानिन्छ।

ग्यालियमका परमाणुहरू प्राकृतिक रूपमा जोडिएर डाइमरका रूपमा रहन्छन्। यसले कोभ्यालेन्ट बन्ड बनाउँछ। वैज्ञानिकहरूले पहिले ग्यालियम पग्लिँदा यो बन्ड हराउने विश्वास गर्थे। तर नयाँ अध्ययनले यो बन्ड पग्लिने बिन्दुमा हराए पनि उच्च तापक्रममा तताउँदा पुनः देखा पर्ने तथ्य फेला पारेको छ।

यो खोजले ग्यालियम कम तापक्रममा पग्लिनुको नयाँ कारण स्पष्ट पारेको छ। युनिभर्सिटी अफ अकल्यान्डका प्रोफेसर निकोला ग्यास्टनले लिक्विड ग्यालियमको संरचनाबारे विगत ३० वर्षदेखिको मान्यता गलत सावित भएको बताए।

यो अध्ययन डाक्टर स्टेफ ल्याम्बी, प्रोफेसर निकोला ग्यास्टन र डाक्टर क्रिस्टा स्टिनबर्गेनले गरेका हुन्। ल्याम्बीले दशकौँ पुराना अनुसन्धान र विभिन्न तापक्रमका मापनहरूको समीक्षा गरेर यो तथ्य पत्ता लगाएका हुन्। यो अनुसन्धानको प्रतिवेदन ‘मटेरियल्स होराइजन्स’ मा प्रकाशित भएको छ। ग्यालियमको यो नयाँ व्यवहारले नानोटेक्नोलोजी र लिक्विड मेटल क्याटालिस्टको क्षेत्रमा फाइदा पुर्‍याउनेछ।

रसियाका रसायनशास्त्री दिमित्री मेन्देलेभले सन् १८७१ मा पिरियोडिक टेबल बनाउँदा यो धातुको भविष्यवाणी गरेका थिए। ग्यालियम बक्साइट जस्ता खनिजबाट निकालिन्छ। आजभोलि ग्यालियम सेमिकन्डक्टर, दूरसञ्चार उपकरण, एलइडी, लेजर डायोड, सोलार प्यानल र थर्मोमिटरमा प्रयोग हुन्छ।

वैज्ञानिकहरूले यो धातुको सहयोगबाट मंगल ग्रहमा प्राचीन जीवनको संकेत पहिचान गर्न सकिने विषयमा पनि अनुसन्धान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?