२५ असार, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
काफ्लेले सहायकस्तर पाँचौ तहमा बढुवाका लागि भारत आसामको गुहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी सरहको परीक्षा एचएसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति तथा पदोन्नति लिएका आयोगको आरोपपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4