+
+
Shares

नेपा एपको नयाँ अपडेट सार्वजनिक : पानी पिउने रिमाइन्डरको पनि सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपा एपको नयाँ अपडेटमा नेपाली टेक्स्ट निकाल्ने ओसीआर, वाटर रिमाइन्डर र वर्ल्ड क्लक तथा बीएमआई क्याल्कुलेटर थपिएका छन्।
  • नयाँ अपडेटमा अस्पतालमा उपलब्ध फ्री खाली बेड, अस्पतालअनुसार ब्लड बैंक र लोकसेवा आयोग तथा टेन्डरसम्बन्धी सूचना समावेश गरिएका छन्।
  • एपमा पेट्रोल र डिजेलको मूल्य, ट्रिप क्याल्कुलेटर, जिल्लागत मौसम र तरकारीको मूल्य हेर्न सकिने सुविधा पनि थपिएको छ।

१६ कात्तिक, काठमाडौं । नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एप (NEPA APP ) को नयाँ अपडेट सार्वजनिक भएका छन् । जसमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् ।

फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर (OCR), नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा थपिएका हुन् ।

नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न उपयोगी हुने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकताका साथ समेटिएको छ ।

ओसीआर सुविधामार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ ।

त्यस्तै, नयाँ अपडेटमा समावेश गरिएको अर्को महत्वपूर्ण सुविधा हो, वाटर रिमाइन्डर ।

दैनिक व्यस्तताका कारण धेरैले समयमै पानी पिउन बिर्सने गर्छन् । यस्तो अवस्थामा वाटर रिमाइन्डरले निर्धारित समयमा पानी पिउन सम्झाउन सहयोग गर्छ ।

नयाँ अपडेटमा वर्ल्ड क्लक र बीएमआई क्याल्कुलेटर पनि समावेश गरिएका छन्।

स्वास्थ्य तथा सार्वजनिक सेवासँग सम्बन्धित सुविधालाई विस्तार गर्दै नेपा एपको नयाँ अपडेटमा अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको सूची पनि समावेश गरिएको छ ।

सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि नयाँ अपडेटमा लोकसेवा आयोगका सूचना  र टेन्डरसम्बन्धी सूचना पनि समावेश गरिएका छन् ।

नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्यसम्बन्धी जानकारीसँगै ट्रिप क्याल्कुलेटर पनि थपिएको छ । दैनिक बजारसँग सम्बन्धित जानकारीलाई सहज बनाउने उद्देश्यले एपमा तरकारीको मूल्य हेर्न सकिने सुविधा थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?