News Summary
Generated by OK AI. Editorially reviewed.- म्याक्स टाइगर इनर्जी ड्रिङ्सले ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्तालाई यामाहाका मोटरसाइकल र स्कुटर विजेता बनाएको छ।
- अभियानमा सुर्खेत, बनेपा, धादिङ, बुटवल, धनगढी, जनकपुर, बिर्तामोड, धरान र वीरगञ्जका उपभोक्ताले सवारीसाधन जितेका छन्।
- अभियानअन्तर्गत १८ मोटरसाइकल, १८ स्कुटर र एक प्रोटोन कारसहित ३७ सवारीसाधन पुरस्कार राखिएका छन्।
१६ कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्सले नौ जना उपभोक्तालाई स्कुटर र मोटरसाइकल विजेता बनाएको छ ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन्।
दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम जारी छ । कसैले मोटरसाइकल त कसैले स्कुटर हात पारेका छन् । सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै खुसीको यो यात्रा देशका विभिन्न सहरमा फैलिएको छ ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।
यसैबीच, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले अभियानको उत्साहलाई अझ बढाएका छन् । जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन् ।
यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिने म्याक्स टाइगरले जनाएको छ ।
अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ भाग्यशाली विजेताले सवारीसाधन जित्न बाँकी छ ।
हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह भन्ने सन्देशसहित म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्ताका लागि पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सवलाई निरन्तरता दिइरहेको छ । अझ बम्पर उपहारका रुपमा प्रोटोन कार कसको भाग्यमा पर्ला ? यही प्रश्नले म्याक्स टाइगरको दशैं धमाकालाई थप रोमाञ्चक बनाएको छ ।
प्रतिक्रिया 4