News Summary
Generated by OK AI. Editorially reviewed.- म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकर र धनगढीका मोहन श्रेष्ठले क्रमशः यामाहा रे जेडआर स्कुटर र यामाहा एफजेड एफआई मोटरसाइकल जिते।
- अभियानमा यसअघि बनेपाका कुमार राज, धादिङको गल्छीका संजोग रिमाल र सुर्खेतका किशोर जंग शाहले पनि स्कुटर र मोटरसाइकल जितिसकेका छन्।
- अभियानअन्तर्गत अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एक प्रोटोन कार बाँकी रहेको छ।
२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ ।
म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।
यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले नयाँ स्कुटर र मोटरसाइकल विजेता बनाएको छ ।
यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रेजेडआर स्कुटरको विजेता बनेका थिए ।
पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउनेछन् ।
पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ । यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ ।
प्रतिक्रिया 4