+
+
Shares

अभिजित दीपकेको प्रश्न- मोदीलाई ज्ञानेश कुमार किन राष्ट्रिय झण्डाभन्दा महत्त्वपूर्ण भए ?

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले बिहीबार नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि तीव्र प्रहार गर्दै तानाशाही सरकारको संज्ञा दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १५:४७

२९ असोज, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले बिहीबार नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि तीव्र प्रहार गर्दै तानाशाही सरकारको संज्ञा दिएका छन्।

उनले भने, ‘नरेन्द्र मोदी तानाशाह बनिसकेका छन्, तर उनीमा संकटकाल लगाउने हिम्मत छैन।’

पछिल्ला केही दिनयता सीजेपीका कार्यकर्ता, वामपन्थी विद्यार्थी संगठन, पत्रकार र नागरिक समाजका व्यक्तिमाथि प्रहरीले गरेको कारबाही तथा उनीहरूलाई हिरासतमा लिइएको विषयमा उनले प्रश्न उठाए।

‘यदि यसरी नै मानिसहरूलाई हिरासतमा लिने हो भने संकटकाल घोषणा गर्नुहोस्। कहिलेसम्म मानिसहरूलाई मूर्ख बनाइरहने?,’ उनले प्रश्न गरे।

दुई दिनअघि मात्रै सीजेपीका सहसंयोजक आशुतोष रांका र सौरव दासलाई जन्तरमन्तरमा राष्ट्रिय झण्डा बोकेर पुगेको भन्दै पक्राउ गरिएको थियो। उनीहरूलाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको थियो।

यसै घटनालाई उल्लेख गर्दै दीपकेले भने, ‘राष्ट्रिय झण्डा फहराउनु कहिलेदेखि अपराध भयो? अंग्रेजको शासनकालमा यस्तो हुन्थ्यो। अहिले मोदी र शाहको प्रहरीले पनि त्यही गरिरहेको छ। आज हाम्रो देशमै राष्ट्रिय झण्डा फहराउन नदिने अवस्था आएको छ।’

उनले प्रश्न गरे, ‘नरेन्द्र मोदीका लागि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार राष्ट्रिय झण्डाभन्दा बढी महत्त्वपूर्ण किन भए?’

दीपकेले केन्द्रमा अहिले सत्तामा रहेको सरकारसँग आबद्ध व्यक्तिहरूको स्वतन्त्रता संग्राममा कुनै योगदान नरहेको आरोपसमेत लगाए।

उनले भने, ‘उनीहरूले आफ्नो शाखामा राष्ट्रिय झण्डा फहराएकै थिएनन्। आशुतोष र सौरवले राष्ट्रिय झण्डा फहराउँदा उनीहरूलाई समस्या हुने नै भयो।’

दीपकेले भारत महात्मा गान्धीको विचार र डा. भीमराव अम्बेडकरको संविधानअनुसार चल्ने बताए।

जन्तरमन्तरलाई धर्ना तथा प्रदर्शनस्थलका रूपमा प्रयोग गर्न रोकिएको र सीजेपीका नेताहरूलाई पक्राउ गरिएको विरोधमा दीपकेले अक्टोबर १६, शुक्रबार, दिल्लीको कनोट प्लेसस्थित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेका छन्।

सीजेपीले गत महिनाको अन्त्यतिर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ४८ घण्टाको अल्टिमेटम दिएको थियो। त्यसपछि विरोध प्रदर्शन सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?