+
+
Shares

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै फोनिजको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोनिजको पाँचौँ पूर्ण बैठकले १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न सरकारसँग माग गरेको छ।
  • समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड र प्रेस जगतलाई आतंकित पार्ने सरकारको कामप्रति फोनिजले गम्भीर ध्यानाकर्षण भएको भन्दै भर्त्सना गरेको छ।
  • फोनिजले लोककल्याणकारी विज्ञापनबापतको सरकारी अनुदान कटौतीप्रति आपत्ति जनाउँदै सञ्चार माध्यमलाई पुरानै रूपमा अनुदान दिन माग गरेको छ।

१६ कात्तिक, काठमाडौं । १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपरमा १४ र १५ कात्तिकमा सम्पन्न बैठकले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने कार्य बन्द गर्न र पत्रकारलाई स्वतन्त्र रूपमा समाचार लेख्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गर्ने र प्रेस जगतलाई आतंकित पार्ने सरकारको कामप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै फोनिजले घटनाको भर्त्सना समेत गरेको छ ।

बालेन शाह नेतृत्वको सरकार गठनसँगै पत्रपत्रिका लगायत सञ्चार माध्यमलाई प्रदान गर्दैआएको लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापतको सरकारी अनुदानमा कटौती गरेकोमा आपत्ति जनाउँदै अनुदान पूर्ववत रूपमा सञ्चार माध्यमलाई प्रदान गर्न फोनिजले माग गरेको छ ।

कोशी प्रदेश सरकारको प्रस्तावमा प्रदेश सभाले २०८३ असोज २४ गते मैथिली, लिम्बू, थारू, तामाङ, मगर, वान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न विधेयक पारित गरेकोप्रति स्वागत गर्दै यसको कार्यान्वनयका लागि फोनिजले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?